Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सुविधा थैलीमा रहेको औषधिको शुल्क परिमार्जन गर्दै स्वास्थ्य बीमा बोर्ड

सुविधा थैलीमा रहेको औषधिको शुल्क परिमार्जन गर्दै स्वास्थ्य बीमा बोर्ड

हेल्थ टिभी अनलाइन : स्वास्थ्य बीमा बोर्डले झण्डै छ वर्ष पछि सुविधा थैलीमा रहेका औषधिको शुल्क परिमार्जन गर्न लागेको छ । बोर्डले यसका लागि सेवा प्रदायक स्वास्थ्य संस्थाहरु तथा सर्वसाधारण र सरोकारवालाहरुसँग सुझाव समेत माग गरेको छ। बोर्डले सुविधा थैलीमा रहेका १२०८ वटा औषधिको नाम र प्रस्तावित शुल्क सार्वजनिक गर्दै सुझाव माग गरेको हो।

बोर्डको गत पुस ९ गतेको निर्णय अनुसार सुविधा थैलीमा रहेका औषधिको शुल्क समयानुकुल परिमार्जन गर्न समिति गठन गरिएको थियो। उक्त समितिले प्रस्ताव गरेको मूल्य सूचीका विषयमा बोर्डले सुझाव माग गरेको हो।

यसअघि गत १३ पुसमा बसेको बोर्ड बैठकले स्वास्थ्य बीमा सुविधा थैलीमा भएको औषधि र सेवाको मूल्य पुनरावलोकन भइरहेको कार्यलाई सहजीकरण गरी एक महिना भित्र प्रतिवेदन पेश गर्न बोर्ड सदस्य जुनु श्रेष्ठलाई जिम्मेवारी तोक्ने निर्णय गरेको थियो ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार