सुविधा थैलीमा रहेको औषधिको शुल्क परिमार्जन गर्दै स्वास्थ्य बीमा बोर्ड
हेल्थ टिभी अनलाइन : स्वास्थ्य बीमा बोर्डले झण्डै छ वर्ष पछि सुविधा थैलीमा रहेका औषधिको शुल्क परिमार्जन गर्न लागेको छ । बोर्डले यसका लागि सेवा प्रदायक स्वास्थ्य संस्थाहरु तथा सर्वसाधारण र सरोकारवालाहरुसँग सुझाव समेत माग गरेको छ। बोर्डले सुविधा थैलीमा रहेका १२०८ वटा औषधिको नाम र प्रस्तावित शुल्क सार्वजनिक गर्दै सुझाव माग गरेको हो।
बोर्डको गत पुस ९ गतेको निर्णय अनुसार सुविधा थैलीमा रहेका औषधिको शुल्क समयानुकुल परिमार्जन गर्न समिति गठन गरिएको थियो। उक्त समितिले प्रस्ताव गरेको मूल्य सूचीका विषयमा बोर्डले सुझाव माग गरेको हो।
यसअघि गत १३ पुसमा बसेको बोर्ड बैठकले स्वास्थ्य बीमा सुविधा थैलीमा भएको औषधि र सेवाको मूल्य पुनरावलोकन भइरहेको कार्यलाई सहजीकरण गरी एक महिना भित्र प्रतिवेदन पेश गर्न बोर्ड सदस्य जुनु श्रेष्ठलाई जिम्मेवारी तोक्ने निर्णय गरेको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?