Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डा अरुण मास्केलाई दीर्घसेवा सम्मान

डा अरुण मास्केलाई दीर्घसेवा सम्मान

हेल्थ टिभी अनलाइन : वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा अरुण मास्केलाई शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रले दीर्घसेवा सम्मान प्रदान गरेको छ ।

मास्केले गंगालालमा अनवरत रुपमा २५ वर्षसम्म कार्यरत भई पुराएकाे  योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो । सोमबार गंगालाल अस्पतालको २८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले डा मास्केलाई दीर्घसेवा सम्मान प्रदान गरेका हुन् । डा मास्के विस २०५५ सालमा बाँसबारी छाला जुत्ता कारखाना रहेको शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रको सानो एउटा स्थानमा इसीजी मेशिन र सामान्य ल्याबबाट ओपीडी संचालन गर्ने मुटुरोग विशेषज्ञ हुन् ।

जुन अस्पताल अहिले देशभरका मुटुरोगीहरुको उपचारका लागि आशा र भरोसाको केन्द्र बन्न सफल भएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार