डा अरुण मास्केलाई दीर्घसेवा सम्मान
हेल्थ टिभी अनलाइन : वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा अरुण मास्केलाई शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रले दीर्घसेवा सम्मान प्रदान गरेको छ ।
मास्केले गंगालालमा अनवरत रुपमा २५ वर्षसम्म कार्यरत भई पुराएकाे योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो । सोमबार गंगालाल अस्पतालको २८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले डा मास्केलाई दीर्घसेवा सम्मान प्रदान गरेका हुन् । डा मास्के विस २०५५ सालमा बाँसबारी छाला जुत्ता कारखाना रहेको शहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रको सानो एउटा स्थानमा इसीजी मेशिन र सामान्य ल्याबबाट ओपीडी संचालन गर्ने मुटुरोग विशेषज्ञ हुन् ।
जुन अस्पताल अहिले देशभरका मुटुरोगीहरुको उपचारका लागि आशा र भरोसाको केन्द्र बन्न सफल भएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?