Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मधेश प्रदेशमा सबैभन्दा बढी क्षयरोगका बिरामी, दोस्रोमा बागमती

मधेश प्रदेशमा सबैभन्दा बढी क्षयरोगका बिरामी, दोस्रोमा बागमती

हेल्थ टिभी अनलाइन : नेपालमा क्षयरोगका बिरामी सबैभन्दा धेरै मधेश प्रदेशमा रहेको पाइएको छ । क्षयरोको भार बढी हुनेमा पहिलोमा मधेश प्रदेश, दोस्रोमा बागमती र तेस्रोमा लुम्बिनी प्रदेश रहेका छन् ।

राष्ट्रिय क्षयरोग नियन्त्रणका निर्देशक डा प्रज्वल श्रेष्ठका अनुसार मधेश प्रदेशमा मात्रै ९ हजार १२३ जना क्षयरोगी रहेका छन् । यसैगरी बागमतीमा ८ हजार ८१४ र लुम्बिनीमा ७ हजार ७०२ जना क्षयरोगी रहेका छन् । त्यसपछि कोशी प्रदेशमा ४ हजार ४३५, सुदूरपश्चिममा ३ हजार २०३ , गण्डकी प्रदेशमा २५ सय र कर्णाली प्रदेशमा १ हजार ५७६ जना क्षयरोगी रहेको पाइएको छ ।

नेपालमा प्रत्येक वर्ष ६९ हजार जना नयाँ क्षयरोगी थपिने गरेको तथ्यांक छ । डा श्रेष्ठका अनुसार प्रत्येक वर्ष थपिने ६९ हजार क्षयरोगीमध्ये ३७ हजार ४५० जना मात्र उपचारको पहुँचमा रहेका छन् । बाँकी बिरामी उपचारमा नआउनु क्षयरोग अन्त्यका लागि ठूलो चुनौति भएको डा श्रेष्ठको भनाई छ । नेपालमा क्षयरोग अन्त्यका लागि क्षयरोगमुक्त नेपाल नामक अभियान सञ्चालन गरिएको छ । जसअन्तर्गत स्थानीय तहसम्म अभियान चलाउन सुरु गरिएको छ । अहिले २५ वटा स्थानीय तहमा अभियान पुगेकोमा यस वर्षदेखि १२५ वटा स्थानीय निकायमा अभियान लैजाने योजना रहेको डा श्रेष्ठले जानकारी दिए । अभियान सञ्चालन भए पनि क्षयरोगका बिरामी भने बढिरहेको देखिन्छ । क्षयरोग अन्त्यका लागि यही गतिमा भन्दा पनि विशेष रुपमै अझ बढी प्राथमिकताकासाथ काम गर्नुपर्ने श्रेष्ठको भनाई छ ।

नेपालमा क्षयरोग जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा रहेको छ । जसका कारण प्रत्येक वर्ष झण्डै १७ हजार बिरामीको मृत्यु हुने गरेको अनुमान छ । साथै विश्वमा डी आर टिबी बिरामीको उच्च भार भएका ३० देशहरुमध्ये नेपाल पनि एक पर्छ । सरकारले सन् २०३० भित्र नेपालबाट क्षयरोग निवारण गर्ने लक्ष्य लिएको छ ।

 

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार