ह्याम्स अस्पतालको नि:शुल्क परामर्श शिविर: एकैदिन लिए २५ दम्पत्तीले परामर्श
हेल्थ टिभी अनलाइन : काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले गरेको नि:शुल्क नि:सन्तान परामर्श सेवाको शिविरबाट एकैदिन २५ दम्पत्तीले परामर्श सेवा लिएका छन्।
शनिबार आयोजित शिविरमा अस्पतालका वरिष्ठ प्रसूति, स्त्री तथा नि:सन्तान रोग विशेषज्ञ डा भोला रिजाल, डा पदमराज पन्त, डा सन्देश पौडेल, डा अतीत पौडेल, डा करिश्मा पाण्डे र डा रेशिष श्रेष्ठको टोलीले नि शुल्क परामर्श सेवा प्रदान गरेको हो ।
शिविरका क्रममा डा भोला रिजालले नि:सन्तान दम्पत्तीहरुको पीडा बोध गरेर अस्पतालले एक दिन भए पनि निशुल्क परामर्श सेवा दिऔं भनेर शिविरको आयोजना गरेको जनाए । उनले यस्तो शिविरलाई भविष्यमा पनि निरन्तरता दिइने जिकीर गरे ।
डा रिजालले शनिबारको निशुल्क परामर्श शिविरमा २५ दम्पत्तीले परामर्श लिएर गएको समेत जानकारी दिए । परामर्श सेवा शनिबार बिहान १० बजेदेखी दिउँसो २ बजेसम्म ह्याम्स अस्पतालको आइभीएफ केन्द्रमा सञ्चालन गरिएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण