ह्याम्स अस्पतालमा नि:सन्तान दम्पत्तीलाई नि:शुल्क परामर्श सेवा
हेल्थ टिभी अनलाइन : काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालले निसन्तान दम्पत्तीलाई आउँदो शनिबार नि:शुल्क परामर्श सेवा दिने भएको छ ।
यही माघ १३ गते शनिबार बिहान १० बजेदेखि २ बजेसम्म निशुल्क परामर्श सेवा दिन लागेको अस्पतालले जनाएको छ । अस्पतालले निसन्तानको समस्या भएका दम्पत्तीहरुको समस्यालाई मध्यनजर गर्दै विशेषज्ञ चिकित्सकहरुद्धारा निशुल्क परामर्श सेवा दिन लागेको जनाएको हो ।
यसका साथै सो सम्बन्धी सबै खालका जाँचहरुमा २० प्रतिशत छुट तथा पाठेघर जाँचमा ५० प्रतिशत छुटको पनि व्यवस्था अस्पतालले गरेको छ । उक्त सेवा अस्पतालको आइभीएफ केन्द्रमा सञ्चालन गरिने वरिष्ठ स्त्रीरोग विशेषज्ञ भोला रिजालले जानकारी दिएका छन् ।
परामर्श सेवा दिनेमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरू डा भोला रिजाल, डा पदमराज पन्त, डा अतित पौडेल, डा सन्देश पौडेल, डा करिष्मा पाण्डे, डा रेशीस श्रेष्ठ र डा इच्छा उप्रेती रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?