गंगालाल हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ल नियुक्त
हेल्थ टिभी अनलाइन : शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ल नियुक्त भएका छन्।
आज बसेको मन्त्रिपरिषदको बैठकले डा मल्ललाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। डा मल्ललाई यसअघि स्वास्थ्यमन्त्री मोहन बस्नेतले निमित्त निर्देशकमा नियुक्त गरेका थिए। अहिले उनलाई नै कार्यकारी अधिकारसहित निर्देशकमा नियुक्त गरिएको हो ।
यसअघि डा चन्द्रमणि अधिकारी केन्द्रका निर्देशक थिए । उनको कार्यकाल सकिएपछि डा मल्ललाई जिम्मेवारी दिइएको हो ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य