सुस्वास्थ हस्पिटलले मनायो ८ औं वार्षिकोत्सव, नसा च्यापिएका बिरामीको उपचारमा ९० प्रतिशत सफलता
हेल्थ टिभी अनलाइन : प्राकृतिक चिकित्सामा आफनै छुट्टै पहिचान बनाउन सफल मिनभवनमा रहेको सुस्वास्थ हस्पिटलले आठ वर्ष पूरा गरी ९ औं वर्षमा प्रवेश गरेको छ । औषधिरहित उपचार पद्धतिलाई एकीकृत रुपमा प्रयोग गरी बिरामीको उपचार तथा निरोगी व्यक्तिको समेत स्वास्थ्य प्रवर्धन गर्ने उद्धेस्यसहित ९ वर्षअघि माघ १ देखि सेवा सुरु गरेको अस्पताल आजदेखि ९ वर्षमा प्रवेश गरेको हो ।
अस्पतालले नसा तथा हाडजोर्नीका बिरामीको उपचार तथा व्यवस्थापन गर्दै आएको छ । वार्षिक रुपमा १३ सयभन्दा बढी नयाँ बिरामीको उपचार गर्दै आएको अस्पतालका अध्यक्ष सुदर्शन बस्नेतले जानकारी दिए । उनले भने, ‘हामीले वर्षमा १३ सय भन्दा बढी नयाँ बिरामीलाई सेवा दिन सफल भएका छौं । त्यसमध्ये ९० प्रतिशत हाडजोर्नी र नसाका बिरामी हुने गरेका छन्। नसा च्यपिाएका बिरामीको हकमा त अस्पतालले ९० प्रतिशतसम्म सफलता प्राप्त गरेको छ । विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड अनुसार यसलाई निकै राम्रो रिजल्ट मानिन्छ । उनले थपे ।’
यसबाहेक पक्षघातको उपचार, माइग्रेन, एन्जाइटी, डिप्रेसन, अनिद्रा लगायतका उपचारका लागि पनि बिरामी अस्पतालमा आउने गरेका छन् । अस्पतालले रोगीको उपचारका साथै निरोगीलाई स्वस्थ रहन आवश्यक स्वास्थ्य शिक्षा पनि प्रदान गर्दै आएको र विभिन्न संस्थामा कार्यरत कर्मचारीका लागि ढाड कम्मर र गर्धनको समस्याबाट बच्ने तरिका आसन र कसरत सिकाउने गरेको बस्नेतले बताए । सञ्चारमाध्यम, कलेज, स्कुल, वित्तिय संस्था लगायतका कर्पोरेट कार्यालयका कर्मचारीलाई कम्मर र गर्धनको समस्याबाट बच्ने उपाय सिकाइएको हो । यो सेवाबाट २ सय बढी कर्मचारी लाभान्वित भएको जनाइएको छ ।
अस्पतालका अध्यक्ष बस्नेतका अनुसार सुस्वास्थ हस्पिटलले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत १२ स्थानमा स्वास्थ्य शिविर मार्फत ५ हजारभन्दा बढी बिरामीलाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिसकेको छ ।
आगामी दिनमा अस्पतालले आफनो सेवा विस्तार गर्दै प्रदेशस्तरमा पनि शाखा स्थापनाको तयारी गरिरहेको पनि बस्नेतले जानकारी दिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण