शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३ बर्षीय बालकको कलेजो प्रत्यारोपण
हेल्थ टिभी अनलाइन : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा शुक्रबार डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा ३ वर्षीय बालकको कलेजो प्रत्यारोपण गरिएको छ ।
विरगञ्ज पर्साका ३ वर्षीय बालककोे कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न भएको हो । उनलाई उनकी ३० वर्षीय आमाले कलेजो दान दिएकी हुन । प्रत्यारोपणपछि बालकको स्वास्थ्य अवस्था सामान्य रहेको बरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवम शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले जानकारी दिए ।
यसैगरी उनीसहित केन्द्रमा ४ दिन लगातार ४ वटा कलेजो प्रत्यारोपण गरिने पनि केन्द्रले जनाएको छ । डा श्रेष्ठको नेतृत्वमा प्रत्यारोपण केन्द्रले सिमित स्रोत साधनमा पनि नियमित मिर्गौला तथा कलेजोको सफल प्रत्यारोपण गर्दै आएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य