Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३ बर्षीय बालकको कलेजो प्रत्यारोपण

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३ बर्षीय बालकको कलेजो प्रत्यारोपण

हेल्थ टिभी अनलाइन : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा शुक्रबार डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा ३ वर्षीय बालकको कलेजो प्रत्यारोपण गरिएको छ ।

विरगञ्ज पर्साका ३ वर्षीय बालककोे कलेजो प्रत्यारोपण सफलता पूर्वक सम्पन्न भएको हो । उनलाई उनकी ३० वर्षीय आमाले कलेजो दान दिएकी हुन । प्रत्यारोपणपछि  बालकको स्वास्थ्य अवस्था सामान्य रहेको बरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवम शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले जानकारी दिए ।

यसैगरी उनीसहित केन्द्रमा ४ दिन लगातार ४ वटा कलेजो प्रत्यारोपण गरिने पनि केन्द्रले जनाएको छ । डा श्रेष्ठको नेतृत्वमा प्रत्यारोपण केन्द्रले सिमित स्रोत साधनमा पनि नियमित मिर्गौला तथा कलेजोको सफल प्रत्यारोपण गर्दै आएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार