वीर अस्पतालमा ‘मेमोग्राफी’ सेवा सुरु
हेल्थ टिभी अनलाइन : वीर अस्पतालमा स्तन क्यान्सरको उपचारका लागि अत्याधुनिक उपकरण सञ्चालन गरिएको छ। स्तन क्यान्सर परीक्षण स्क्रिनिङका लागि अत्याधुनिक उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको हो।
अस्पतालका निर्देशक डा सन्तोष पौडेलले स्तनमा क्यान्सर रोग लाग्नुभन्दा पहिल्यै क्यान्सरका लक्षण पत्ता लगाउने विधिलाई स्क्रिनिङ भनिने जनाउँदै सरकारी अस्पतालमा पहिलो पटक अत्याधुनिक क्यान्सर स्क्रिनिङ उपकरण ‘मेमोग्राम’ सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार ४० वर्षभन्दा माथिका महिलाको स्तन क्यान्सर स्क्रिनिङ गर्नका लागि उक्त उपकरण प्रयोग गरिन्छ।
“क्यान्सरका लक्षण देखापर्नु अघिको अवस्थामा पत्ता लगाउने विधिलाई स्क्रिनिङ भनिन्छ। यो परीक्षणको एउटा विधि हो। क्यान्सर फैलनुअगावै थाहा पाउन सकियो भने प्रभावकारी उपचार गर्न सकिन्छ”, डा पौडेलले भने। उनका अनुसार अहिले दैनिक तीन देखि चारजना महिलाको क्यान्सर स्क्रिनिङ गरिँदै आइएको छ। स्तनमा क्यान्सरको समस्या देखिनुभन्दा पहिले नै लक्षण पहिचान गर्नका लागि यो विधि प्रयोग गरिने उनको भनाइ थियो।
स्तन क्यान्सरको स्क्रिनिङ गर्नका लागि रू एक हजार पाँच सय शुल्क तोकिएको अस्पताल प्रशासनले जनाएको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य