Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कान्ति बाल अस्पताललाई हजार शैयाको बाल स्वास्थ्य अध्ययन संस्थान बनाउँछौ : स्वास्थ्य मन्त्री बस्नेत

कान्ति बाल अस्पताललाई हजार शैयाको बाल स्वास्थ्य अध्ययन संस्थान बनाउँछौ : स्वास्थ्य मन्त्री बस्नेत

हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ३५२ शैया मार्फत उपचार सेवा प्रदान गरिरहेको कान्ति बाल अस्पतालको सेवा विस्तार गरि छिट्टै १ हजार शैयाको बाल स्वास्थ्य अध्ययन संस्थान बनाइने बताएका छन् ।

कान्ति बाल अस्पतालको ६२ औं बार्षिकोत्सवको अवसरमा आईतबार आयोजित समारोहमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले कान्ति बाल अस्पतालको सेवा बिस्तार र अनुसन्धान गर्न बाल स्वास्थ्य अध्ययन संस्थान आवश्यक देखिएकोले भोलीदेखि नै यसमा अगाडि बढ्ने बताएका हुन । मन्त्री बस्नेतले भने, ‘ राम्रो काम गर्न साइत हेराई राख्नु पर्दैन । मैले भोली नै शहरी विकास मन्त्री र शहरी विकास विभागका महानिर्देशकलाई स्वास्थ्य मन्त्रालयमा छलफलका लागि बोलाएको छु । जति सक्दो यसको काम अगाडि बढाउँछु । त्यसपछि अर्थ मन्त्रालय जाने काम सुरु गरौला । ’

मन्त्री बस्नेतले १ हजार शैयाको अस्पताल सहित बाल स्वास्थ्य अध्ययन संस्थान बनाउन करिव ९ अर्ब रुपैया बजेट आवश्यक हुने भएकाले एक वर्षमै संभव नभए पनि दुई तीन वर्षमा सम्पन्न गर्ने गरि अगाडि बढ्नु पर्ने आवश्यकता रहेकोमा जोड दिए ।

नयाँ भवन सहित १००० शैयाको अस्पताल बनाउन शहरी विकास विभागले त्यसको डिपिआर तयार गरिरहेको छ । बोलेर भन्दा स्वास्थ्य क्षेत्रमा केही नयाँ काम गरेर देखाउन आफु लागि परेको बताउदै मन्त्री बस्नेतले उपचार अभावमा कुनै पनि नेपालीले मृत्युवरण गर्नु पर्दैन स्वास्थ्य मन्त्रीको हैसियतले त्यसको जिम्मा म लिन्छु भन्दै आफु हिडिरहेको दाबी गरे ।

कार्यक्रममा योजना आयोगका सदस्य डा आरपी विच्छाले कान्ति बाल अस्पताल अभिभावक बिहिन जस्तो देखिएको बताउँदै स्वास्थ्य मन्त्री बस्नेतलाई अभिभाभकत्व ग्रहण गरेर यसका विद्यमान समस्या समाधानका लागि अग्रसर भइदिन आग्रह गरे । कान्ति बाल अस्पतालका पूर्व निर्देशक समेत रहेका डा बिच्छाले बल्ल तल्ल ४५ शैयामा चलिरहेको बाल सघन उपचार कक्षको क्षमता बढाएर १०० शैयाको बनाउनु आवश्यक रहेको बताए । बाल सघन उपचार कक्षको अभावमा अहिले पनि देशका कुनाकुनाबाट उपचारका लागि कान्ति आउने बालबालिका बाहिर रिफर गर्नु परेको अवस्थाको तत्काल सम्बोधन हुनु पर्नेमा डा बिच्छाको जोड थियो ।

कान्ति बाल अस्पतालका कार्यकारी निर्देशक डा पंकज रायले अस्पतालको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विरामीको चापको आधारमा शैया अभावका कारण अस्पताललाई समस्या परेको बताउँदै चालु आर्थिक वर्षमा सरकारले कान्ति अस्पतालको बजेट ४० प्रतिशतले कटौति गरेपछि आर्थिक समस्या पनि थपिएको बताए । अस्पतालको कुल ३५२ शैया मध्ये २४८ शैया निशुल्क गरिएको डा रायले जानकारी दिए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा बाबुराम गौतमले अस्पतालको सेवा विस्तारमा सरकारले सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा २० वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरु र अस्पताललाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने दातृ निकायका अधिकारीलाई स्वास्थ्य मन्त्री बस्नेतले सम्मान गरेका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार