Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अनलाइन हिंसाको मारमा महिला, सचेत हुन जरुरी

अनलाइन हिंसाको मारमा महिला, सचेत हुन जरुरी

हेल्थ टिभी अनलाइन : महिलामाथि हुने हिंसा कम नभई यसको स्वरुप परिवर्तन भएर नयाँ तरिकाले महिलामाथि हिसां हुन थालेको पाइएको छ । एकातिर पहिलेदेखि हुँदै आएको हिंसा त छँदैछ भने अर्कोतिर सूचना प्रविधिले निम्त्याएको अनलाइनमार्फत हुने हिंसा पनि थपिएको छ । यही अनलाइनमार्फत हुने हिंसा र यसको रोकथामका लागि के गर्न सकिन्छ भनेर छलफल गर्न  शुक्रबार एक वेभिनार सम्पन्न भएको छ ।

सीएनएसले आयोजना गरेको उक्त वेभिनारमा वक्ताहरुले अनलाइन हिंसाको मारमा युवा जमात, महिला तथा फरक लैगिंक पहिचान भएका व्यक्तिहरु पर्ने गरेको बताए । कार्यक्रममा बोल्दै सीएनएसकी म्यानेजिङ सम्पादक तथा फेमिनिस्ट शोभा शुक्लाले प्रविधिले धेरै सकारात्मक परिवर्तन ल्याएको भए पनि योसँगै केही नकारात्मक कुराहरु पनि सँगै आएको भन्दै यसबारे चनाखो हुनुपर्ने बेला आएको बताइन् ।

कार्यक्रममा श्रीलंकाकी इन्टरसेक्सनल फेमिनिस्ट तथा ह्युमन राइट्स एडभोकेट हाफ्सा मुइदले अनलाइनबाट विभिन्न तरिकाबाट महिलामाथि हिंसा हुने गरेको भन्दै उनीहरुलाई आफूलाई हिंसा भएको धेरै पनि मात्र थाहा पाउने गरेको बताइन् । कतिपय त एकछिन हो वा रमाइलोको लागि हाे भनेर पठाइएका फोटो , इमेज पछि बिग्रेर र बिगारेर चरित्रमाथि नै प्रश्न उठ्ने गरि बाहिर आउने गरेकाे उनले बताइन् । सुरुमै अनलाइनबाट पनि हिंसा हुनसक्छ है भन्ने जानकारी नहुँदा यस्तो घटना हुने उनले जिकीर गरिन् ।

यसैगरी कार्यक्रमकी अर्की वक्ता भारतको वल्र्ड पल्समा द जेन्डर सेक्युरिटी प्रोजेक्ट अन्तर्गत कम्युनिटी इन्गेजमेन्ट हेडको रुपमा कार्यरत कृथि जयाकुमारले युवापुस्ताले नै बढी डिजिटल प्लेटफर्म प्रयोग गर्ने भएकाले उनीहरु नै बढी प्रभावित भइरहेको बताइन् । उनले यो समस्यामा परेका सर्भाइभरहरुको लागि विशेष खालको कानून तथा गाइडलाइन्स हुनुपर्नेमा जोड दिइन् । तर व्यवहारमा कुरा गर्दा धेरै केस फाइल नै नहुने जनाइन् । धेरैलाई अनलाइन हिंसा हुँदा कहाँ गएर रिपोर्ट गर्ने भन्ने नै थाहा नभएको बताइन् । योबारेमा अनलाइनकर्ता जानकार हुन जरुरी रहेको उनको भनाई थियो । उनले आफनो संस्थाले युथहरुमा हुने अनलाइन हिंसाका क्षेत्रमा काम गरिरहेको पनि जानकारी दिइन ।

नेपालमा पनि महिलामाथि हुने अनलाइन हिंसाको संख्या बढ्दो छ । म्याग नेपालले सन् २०२२ मा गरेको पत्रकार महिलामा हुने अनलाइन हिंसाकाबारेमा गरेको एक अध्ययन अनुसार ८८ दशमलब ६ प्रतिशत महिलाले कुनै नै कुनै तरिकाबाट अनलाइन हिंसा भोगेको देखाएको छ । यसले अनलाइन हिंसा सचेत र पढेलेखेका व्यक्तिहरु पनि अनलाइन हिंसाको शिकार हुनसक्ने जनाएको छ । अनलाइन हिंसा एशिया प्यासिफिक क्षेत्रमा बढी भएको पाइएको छ । एक अध्ययन अनुसार एशिया प्यासिफक क्षेत्रमा मात्रै अनलाइनमार्फत हुने महिला हिंसा ८८ प्रतिशत पाइएको छ । कार्यक्रममा वक्ताहरुले अनलाइनबाट हुने हिंसा कम गर्नका लागि डिजिटल लिट्रेसी अभियान चलाउनपर्नेमा जोड दिएका थिए ।

सोसल प्लेटफर्म मार्फत अनावश्यक फोटोहरु पठाउने, नराम्रा किसिमका कमेन्ट गर्ने, फोन नंबर पत्ता लगाएर कल गरिरहने, अश्लिल फोटो भिडियो पठाउने, कुनै बेला राम्रै्का लागि भनी राखिएका सामग्री तोडमोड गरी ब्ल्याकमेल गर्ने जस्ता क्रियाकलाप बढी मात्रामा हुँदै आएको पाइएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार