डा विशद दाहाललाई केएमसी प्रवेश गर्न नदिएकोप्रति चिकित्सक संघको आपत्ति
हेल्थ टिभी अनलाइन : नेपाल चिकित्सक संघले आवासिय चिकित्सक डा विशद दाहाललाई केयूले निलम्बन स्थगन गरिसक्दा पनि काठमाडौं मेडिकल कलेजले प्रवेश गर्न रोक लगाएकोमा गम्भीर आपत्ति जनाउँदे ध्यानाकर्षण भएको जनाएको छ।
संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले बिहीबार एक विज्ञप्ती जारी गर्दै संघका आजीवन सदस्य डा दाहालको निलम्बन स्थगनको पत्र केएमसीमा पुगे पनि डा दाहालाई प्रवेश गर्न नदिएको भन्दै ध्यानाकर्षण भएको बताएका हुन्।
संघले स्वास्थ्य शिविरका नाममा आवासिय चिकित्सकहरुलाई शैक्षिक गतिविधि बाहेक पीडादायिक रुपमा स्वास्थ्य शिविरमा मात्र खट्न लगाउने चिकित्सा शिक्षा आयोगको ऐन विपरित समेत भएको जनाएको छ।
डा दाहाललाई निलम्बन गर्नुअघि कलेज प्रशासनले कुनै पनि स्पष्टिकरणको अवसर समेत नदिइएको भन्दै संघले आपत्ति जनाएको छ। संघले सो घटनाको सत्यतथ्य छानबिन गर्न र निलम्बनमा परेका डा दाहाललाई न्याय प्रदान गर्न माग गरेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?