Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मनायो एघारौं स्थापना दिवस

विभिन्न सेवाहरु थप

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मनायो एघारौं स्थापना दिवस

हेल्थ टिभी अनलाइन : काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले बुधवार आफ्नो एघारौं स्थापना दिवस मनाएको छ ।

अस्पतालमा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष दिपक कुँवरले बिभिन्न आरोह अवरोहका बीच स्थापनाको एघारौं वर्ष सफलतापूर्वक पार गरेको उपलक्ष्यमा अस्पतालका चिकित्सक, सेयर होल्डर, कर्मचारी लगायत सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । साथै उनले देशको स्वास्थ क्षेत्रको एक अब्बल संस्थाको रुपमा ग्राण्डी अस्पताल रहेको र विभिन्न अप्ठ्यारो अवस्था पार गर्दै सफलताको बाटोमा अगाड़ी बढेकाले आगामी दिनमा अझ मेहेनतका साथ लाग्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष कुँवरले अस्पतालको निरन्तर प्रगति र उन्नतीको लागि आफू र संचालक टीम सदैव तत्पर भै लागिरहने पनि जिकीर गरे ।

अस्पतालका मेडिकल डाइरेक्टर डा बिनोद बिजुक्छेले अस्पतालको आधारशिलाका रुपमा एथिक्समा आधारित उपचार, बिरामी केन्द्रित उपचार र बिभिन्न बिशेषज्ञहरुसँग सहकार्यमा गरिने उपचार यस अस्पतालको आधारशिला भएकाले यस अस्पतालले बिरामीको अहित हुने कुनै पनि कुरामा कदापि सम्झौता गर्न नसक्ने जिकिर गरे । सो अवसरमा डा बिजुक्छेले अस्पतालको एऊटै मात्र उदेश्य गुणस्तरिय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्नु रहेको जनाए । त्यसका लागि आफूहरु कटिबद्ध रहेको समेत जिकीर गरे ।

एघारौं स्थापना दिवसको अवसरमा अस्पतालको सुबिधालाई अझ परिस्कृत गर्दै डिपार्टमेन्ट अफ डर्माटोलोजी तथा एस्थेटिक नामक नया सुबिधा सुरु गरिएको छ । यो सुबिधा अन्तर्गत अब देखी ग्राण्डी अस्पतालमा हाइड्राफ़ेसीयल, हेयर रिमूभल, हेयर ट्रान्सप्लांट लगायतका सुबिधा प्राप्त गर्न सकिनेछ । बिगतको बर्षमा जस्तै यसपटक पनि अस्पतालले १० बर्ष सेवा गरेका चिकित्सक नर्स एवं कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गरेको छ । साथै बिभिन्न बिभागमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरेको छ । कार्यक्रममा अस्पतालका चिकित्सक, नर्सिङ स्टाफ, मेडिकल स्टाफ तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार