तराईमा शितलहर र हुस्सु लाग्न सुरु, सतर्कता अपनाउन आग्रह
हेल्थ टिभी अनलाइन : बाँके, बर्दियालगायतका पश्चिम तराईका जिल्लामा शीतलहर सुरु भएको छ । बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ ।
शीतलहरसँगै जाडोका कारण मानिसको जनजीवन प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको सङ्क्रमण बढेको छ । यहीवीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूलाई न्यानो राख्न बिहान बेलुकाको समय घरबाहिर ननिस्कन तथा आफूलाई न्यानो राख्दै तातो स्वस्थ खानेकुरा खान आग्रह गरेको छ ।
चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो ताप्न सुरु गरेका छन् । दिउँसो अलि–अलि घाम लागे पनि बिहान–बेलुका भने चिसोले काम गर्नसमेत समस्या पारेको स्थनीयहरुले बताएका छन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?