डा भगवान कोइरालाको अस्पताललाई सिटिजन्स बैंकको सहयोग
हेल्थ टिभी अनलाइन : सिटिजन्स बैंक र सिटिजन लाइफ इन्स्योरेन्सले प्राडा भगवान कोइरालाको बाल अस्पताललाई ३ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले बुढानिलकण्ठमा हाल निर्माणाधिन गैह्र नाफा मूलक विशिष्टीकृत बाल अस्पताल ‘काठमाडौं इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थ’ (किओच) लाई सो रकम सहयोग गरेको हो । शुक्रबार एक कार्यक्रमकाबीच कम्पनीको तर्फबाट लोमस ग्रुपका अध्यक्ष प्रदीप जंग पाण्डेले बाल अस्पतालका संस्थापक अध्यक्ष प्राडा कोइरालालाई रकम हस्तान्तरण गरे ।
सिटिजन्स बैक र सिटिजन लाइफ इन्स्योरेन्स लोमस ग्रुपका मेजर शेयर भएका पब्लिक कम्पनी हुन्। जसले लोमस फर्मासिटिकल्स कम्पनी पनि चलाउँदै आएको छ ।
लोमस ग्रुपले आफनो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम अस्पताललाई सहयोग गरेको कम्पनीका मार्केटिंग निर्देशक प्रनव जंग पाण्डेले जानकारी दिए ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य