ललितपुरको बालकुमारीमा तनाव, २ प्रदर्शनकारीको मृत्यु
हेल्थ टिभी अनलाइन : दक्षिण कोरियामा रोजगारीको अवसर उपलब्ध गराउने ईपीएस कोटा अन्तर्गत नेपालमा लिइने भाषा परीक्षामा आफूहरूलाई पनि सहभागी गराउनुपर्ने मागसहित प्रदर्शन गरिरहेका युवाहरू र प्रहरीबीच शुक्रवार झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार २२ र २३ वर्षको २ युवकको झडपका क्रममा घाइते भएपछि अस्पताल लगिए पनि उनीहरुको अस्पतालमा मृत्यु भएको हो । एक जनाको किस्ट अस्पतालमा र अर्कोको पाटन अस्पतालमा मृत्यु भएको बताइएको छ ।
प्रहरीले बल प्रयोग गर्नुअघि आक्रोशित प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाइदिएका थिए।
प्रहरीले बल प्रयोग गरेर भिडलाई तितरबितर बनाएको र २३ जनालाई पक्राउ गरिएको जनाएको छ। अहिले पनि सो क्षेत्र तनावग्रस्त रहेको बताइएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?