ह्याम्समा सयभन्दा बढी बिरामीको न्यूरो इन्टरभेन्सन पद्धतिद्धारा उपचार
हेल्थ टिभी अनलाइन : काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालमा सय भन्दा बढी बिरामीको न्यूरो इन्टरभेन्सन प्रविधिद्धारा उपचार गरिएको छ । एक सय भन्दा बढी बिरामीको सफलतापूर्वक उपचार गरेपछि ह्याम्सको न्यूरो इन्टरभेन्सनल सर्जरी बिभागले बुधबार एक कार्यक्रम गरेर उत्सव पनि मनाएको छ।
सो अवसरमा बोल्दै ह्याम्स अस्पतालका कन्सल्टेन्ट न्यूरो सर्जन तथा न्यूरो इन्टरभेन्सनल सर्जरी विभागका प्रमुख डा मनोज बोहराले ह्याम्समा न्यूरो इन्टरभेन्सन प्रविधिबाट उपचार गराएर धेरै बिरामीले नयाँ जीवन पाएको बताउँदै यस प्रविधि नेपालमा केही अस्पतालमा मात्र रहेका बेला ह्याम्समा भने नियमित रुपमा उत्कृष्ट टिमसहित उपचार सेवा दिन सकेकोमा खुशी व्यक्त गरे ।
अस्पतालका अध्यक्ष आर एस भण्डारीले छोटो समयमै न्यूरो इन्टरभेन्सन पद्धतिमार्फत ह्याम्समा सय भन्दा बढी बिरामीलाई सेवा दिन सकेकाे भन्दै यसमा अझ बढी सेवा विस्तार गर्दै लाने बताए ।
मस्तिष्कको रगतका नसाहरुको समस्याको टाउको नखोली उपचार गर्ने पद्धति हो न्यूरो इन्टरभेन्सन । ब्रेन स्ट्रोकमा यसको उपचार पद्धति निकै फलदायी देखिएको छ । तर यसका लागि बिरामीलाई ६ घण्टाभित्र सुविधासम्पन्न दक्ष चिकित्सक भएको अस्पतालमा पुराउन भने पर्छ । यसो गर्न सकिएमा मस्तिस्कमा हुने क्षति न्यूरो इन्टरभेन्सनमार्फत कम गराएर बिरामीलाई सहज जीवनयापन गराउन सकिने डा बोहराको भनाई छ ।






व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य