प्रजातान्त्रिक जनस्वास्थ्य संघमा नयाँ कार्यसमिति चयन
हेल्थ टिभी अनलाइन : प्रजातान्त्रिक जनस्वास्थ्य संघमा विन्जवला श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। मंगलबार काठमाडौंमा भएको भेलाबाट नयाँ कार्यसमिति चयन गरिएको हो।
श्रेष्ठको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो। संघको वरिष्ठ उपाध्यक्षमा नरेश बाबु श्रेष्ठ, उपाध्यक्षहरुमा वृज कुमार दास, दयाकान्त पन्थ र तुलसी सुवेदी चयन भएका छन्। महासचिवमा विनोद जोशी र उपमहासचिवमा श्रीकृष्ण बस्नेत चयन भएका छन्।
सचिवमा निराजन पोख्रेल, कोषाध्यक्षमा रागीश्री कक्षपति, सहकोषाध्यक्षमा रणधिर कुमार यादवसहित सदस्यहरुमा डा प्रकाश ज्ञवाली, प्रकाश कुमार विष्ट, धरजंग शाह र इन्द्र आचार्य निर्वाचित भएका छन् । यस्तै समावेशी सदस्यहरुमा महिलाबाट शिला शर्मा, मधेशीबाट जित नारायण यादव तथा जनजातीबाट किरण श्रेष्ठ निर्वाचित भएका छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य