काठमाडौंमा प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलन सम्पन्न
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलन सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्या, मन्त्रालय शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुुर र अंग प्रत्यारोण समाज नेपालको संयुक्त आयोजनामा भएको सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट भएको हो । कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले अंगदान महादान भएकाले सबैलाई आफनो मरेपछि खेर जाने अंग दान गर्न आव्हान गरेका थिए ।
सम्मेलनमा प्रत्यारोपण सम्बन्धी विज्ञहरू एकै थलोमा जमघट भई छलफल गरेका छन्। प्रत्यारोपण सम्बन्धि यस सम्मेलनले देशका सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गरी मस्तिष्क मृत्यू पश्चात हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धि कार्यले अझै प्रभावकारी रुपमा गति लिने विश्वास लिइएको छ ।
सम्मेलनमा नेपाली विज्ञहरुबाट ११ वटा कार्यपत्र र विदेशी विज्ञहरुबाट ९ वटा कार्यपत्रहरु प्रस्तुत भएको मुल आयोजक कमिटिका संरक्षक डा पुकार चन्द्र श्रेष्ठले बताए । सम्मेलनको नारा मृत्यु पर्यन्त अंगदान र प्रत्यारोपण भन्ने रहेको छ । देशमा अंगदान सम्बन्धि समस्या र सोको समाधान तथा मृत्यू पश्चात अंग दिन सकिने प्रावाधानको व्यापक प्रयोग हुने र विदेशी मुलुकमा जस्तै मस्तिष्क मृत्यु पश्चात हुने अंगदान र प्रत्यारोपण कार्य सूचारु हुने विस्वास आयोजकले गरेका छन्।
एक दिने सम्मेलनबाट नीति निर्माण र कार्यान्वयन तहमा कार्यरत व्यक्तिहरुलाई नीति नियम तर्जुमा गर्न मार्ग दर्शन हुनेछ भने उपचारमा नयाँ प्रविधि र विज्ञताको प्रयोगले सर्वसाधारण प्रत्यक्षरुपमा लाभान्वित हुने कुरा आयोजक कमिटीका अध्यक्ष डा कल्पना कुमारी श्रेष्ठले बताइन। सम्मेलनको उद्घाटन समारोहको अध्यक्षता स्वस्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले गरेका थिए । सम्मेलनले नयाँ प्रविधिको हस्तान्तरण र मस्तिष्क मृत्यु पश्चात हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धि अनुभव आदान प्रदान गर्न सहयोग पुग्ने बताइएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’