नवौं नेपाल फर्मा एक्स्पो फागुन २५ देखि २७ सम्म चितवनमा हुँदै
हेल्थ टिभी अनलाइन : नवौं नेपाल फर्मा एक्स्पो चितवनको भरतपुरमा हुने भएको छ । नेपाल औषधि उत्पादक संघ एपोनको आयोजनामा हुन लागेको एक्स्पो यही फागुन २५ देखि २७ गतेसम्म चितवनको भरतपुरमा हुने भएको हो । एक्स्पोको बारेमा जानकारी दिन शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
औषधि उत्पादनका क्षेत्रमा भएका नयाँ नयाँ प्रविधिकाबारेमा जानकारी दिन एक्स्पोमा एक सय पचास भन्दा बढी स्टल रहने आयोजकले जनाएका छन्। उक्त एक्स्पोमा भारत, सिंगापुर, बंगलादेश लगायतका देशका उत्पादन कम्पनीहरुले पनि भाग लिनेछन्। प्रत्येक दुई वर्षमा हुने यस एक्स्पो नेपाल औषधि उत्पादक संघको महत्वपूर्ण इभेन्टको रुपमा लिइन्छ ।
एक्स्पोमा सम्बन्धित सरोकारवाला, व्यावसायिकता, औषधी उत्पादन र निर्माण तथा प्रशोधन, औषधीमा प्रयोग हुने सामग्री, प्याकेजिङ, मेसिनरी ल्याब, एनालिटिकल ओईएम, रेफ्रिजेरेसन, क्लिनरुम, इन्जिनियरिङ, एयर फिल्टर, क्लिन एयर कान्डिसनिङ, औषधी उद्योगका लजिस्टिक तथा अन्य सामग्री एउटै स्थलमा प्रदर्शन गरिने संघले जानकारी दिएको छ ।
यसपटक एक्स्पो ३० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरेको एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले जनाएका छन्। नेपालको औषधि उद्योगको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुराउने उद्धेस्यका साथ औषधि उत्पादक संघले एक्स्पोको आयोजना गर्दै आएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’