स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
हेल्थ टिभी अनलाइन : सर्बोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।
गत कात्तिकमा स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले कार्य क्षमतामाथि प्रश्न उठाउँदै बसौलालाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए । मन्त्री बस्नेतको सो निर्णय विरुद्ध बसौलाले सर्बोच्चमा रिट दर्ता गराएका थिए ।
शुक्रबार न्यायाधीशद्धय हरिप्रसाद फुयाल र सुनीलकुमार फुयालको संयुक्त इजलासले कार्यकारी निर्देशक डा बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?