भुकम्प प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गरिंदै
हेल्थ टिभी अनलाइन : भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जिल्लामा दादुरा रुबेला र टाइफाइड रोग विरुद्धको टिसिभी खोप अभियान सञ्चालन गरिने भएको छ ।
यही पौष ५ गते देखि पौष १४ गते सम्म ६ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा(रुबेला खोप, र १६ वर्ष देखि ४५ वर्षसम्मका सबै व्यक्तिहरूलाई टाइफाइड विरुद्धको टिसिभी खोप दिइने भएको राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रले जनाएको छ ।
खोप अभियानमा दिइने दादुरा रुबेला खोप थप मात्रा भएकोले पहिला जतिपटक लगाएको भए पनि यस अभियानमा अनिवार्य रूपमा एक मात्रा खोप लगाउन पनि केन्द्रले आग्रह गरेको छ ।
खोप अभियान सञ्चालन हुने स्थान र मिति बारे थप जानकारीका लागि नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था वा विद्यालयमा सम्पर्क गर्न भनिएको छ । यसका साथै नियमित खोप लगाउन छुटेका ९ महिना देखि ५ वर्ष उमेर सम्मकाबालबालिकालाई छुट खोप पनि दिईदैछ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?