ललितपुरमा पनि सुरु भयो स्वास्थ्य बीमा कार्यक्रम
हेल्थ टिभी अनलाइन : ललितपुर महानगरमा पनि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसर पारेर स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमा कार्यक्रमको प्रारम्भ गरेका छन् । योसँगै अब ललितपुर महानगरभित्र पनि नगरबासीले एक लाख बराबरको स्वास्थ्य बीमा सेवा पाउने छन् । त्यसका लागि नाम दर्ता भने गराउनुपर्ने हुन्छ ।
महानगरले छिटै नै दर्ता सहयोगीहरुलाई तालिम दिएर फिल्डमा खटाइने जनाइएको छ । महानगरले स्वास्थ्य बीमाको लागि वडा नं ३ स्थित छावहालमा आफैले सञ्चालनमा ल्याएको सामुदायिक स्वास्थ्य प्रर्वद्धन केन्द्रलाई प्रथम सेवा विन्दु तोकेर कार्यक्रम अघि सारेको हो । यसभन्दा अघि देशका अधिकांश जिल्लामा स्वास्थ्य बीमा सुरु हुँदा ललितपुर महानगरमा भने लागू भएको थिएन । स्वास्थ्य बीमा बोर्डका अनुसार अब योसँगै देशभर ७७ वटै जिल्लाका ७५० स्थानीय निकायमा स्वास्थ्य बीमा कार्यक्रम प्रारम्भ भएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?