काठमाडौं महानगरमा आजदेखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र आजदेखि प्यालिष्टकमा प्याक गरिएको कुनै पनि सुर्तीजन्य पदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ ।
महानगरले यसअघि मंसीर १२ गते एक सूचना जारी गर्दै १५ दिनको समय दिंदै प्यालिष्टकमा प्याक गरिएका सुर्तीजन्य पदार्थ बिक्रीमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने जनाएको थियो । उक्त सूचना अनुसार आजदेखि काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको छ ।
महानगर स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, बिँडी, तम्बाखु, सुल्फा, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन् ।
महानगरले सार्वजनिक स्थलमा गरिने धुम्रपानलाई पनि निषेध गर्दै कसैले अटेरी गरेर यसको सेवन गरेमा कडा कारवाही गरिने पनि जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?