उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : उपप्रधान तथा तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ काठमाडौंको गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारपछि घर फर्किएका छन् । छातीमा असहज भएपछि गत मंगलबार अस्पताल भर्ना भएका उनको एन्जियोप्लास्टी गरिएको थियो ।
अहिले स्वास्थ्यमा सुधार आएकाले चिकित्सकको सल्लाह र सिफारिसमा उपप्रधानमन्त्री श्रेष्ठ आइतबार घर फर्किएका गृह मन्त्रालयले जानकारी दिएको छ । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । यसअघि चाइना भ्रमणका बेला श्रेष्ठको मुटुमा समस्या देखिएपछि त्यहाँ पनि उपचार गरेर आएका थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?