बिशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण
हेल्थ टिभी अनलाइन \काठमाडौं : बाग्मती प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा प्रदेशका १३ जिल्लाबाट अस्पतालका चिकित्सक,पालिकाका स्वास्थ्य संयोजक र स्वास्थ्य कार्यालयका फोकल पर्सन तथा स्वास्थ्यकर्मीहरुलाई ३ दिने बिशेषज्ञ सेवाको आधारभुत तथा आकस्मिक उपचारको तालिम प्रदान गरिएको छ । संघको शसर्तबाट १ र प्रदेशको बजेटबाट १ गरी समानान्तर २ ब्याच गरी ३७ जनालाई ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम बानेश्वरमा सञ्चालन गरिएको छ ।
कार्यक्रमको शुभारम्भ तथा समापन कार्यक्रम मास्टर ट्रेनर तथा केन्द्रिय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट र स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रमुख प्रशिक्षक डा. बुढाथोकीले ओझेलमा परेको क्षेत्रलाई सम्बोधन गर्न स्वास्थ्य सेवा बिभागमा ५ बर्ष पहिले शाखा स्थापना भएको र यसको स्थापनापछि आँखा,नाक,कान,घाँटी र मुख स्वास्थ्यलाई आधारभुत तथा आकस्मिक स्वास्थ्यमा समाहित गरिएकाले प्रभावकारी कार्यान्वयनका लागी हामी सवै मिलेर विकास र विस्तार गर्नुपर्नेमा जोड दिए । डा. बुढाथोकीले स्थानीय र प्रदेश सरकारलाई सशर्त बजेटका रुपमा संघले बिगत ४ बर्षदेखी कार्यक्रम राखिएकाले त्यो कार्यान्वयन गर्न तथा प्रदेश र स्थानीय तहले पनि बिगत ३ बर्षदेखी बजेटमा प्राथमिकता दिई राख्न थालेकाले कार्यक्रम प्रभावकारी भएकोमा खुशी ब्यक्त गरे ।
समापन कार्यक्रमका अध्यक्ष तथा तालिम केन्द्रका नव नियुक्त निर्देशक डा. नरेन्द्र कुमार झाले प्रदेशका हरेक स्वास्थ्यसंस्थाबाट सेवा प्रदान गर्ने गरी प्रशिक्षक तयार पार्न तालिम सञ्चालन भएकोमा खुशी ब्यक्त गर्दे तालिमलाई ब्यवहारत स्थानीय तहमा कार्यक्रम संचालन र कार्यरत संस्थामा बिरामीको सेवामा ल्याउने बताए
प्रशिक्षक, सहभागी र आयोजकहरु अब आधारभुत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा समाहित भईसकेका बिशेषज्ञ सेवाहरु सरकारको तल्लो स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीसम्म पुरयाउनलाई कुनै चुनौती नरहेको भन्दै एकमत थिए । समापन कार्यक्रममा सहभागीलाई प्रमुख अतिथी तथा निर्देशकबाट प्रशिक्षकको प्रमाणपत्र बितरण गरिएको थियो ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य