ए एस जी आई केयरमा एक महिनासम्म नि:शुल्क आँखा परीक्षण
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको नयाँ बानेश्वरमा रहेको ए एस जी आई केयर सेन्टरले एक महिनासम्म निशुल्क आँखा परीक्षण तथा परामर्श सेवा दिने भएको छ ।
यही मंसीर १५ देखि पुस १५ गतेसम्म सेवाग्राहीले यो सेवा लिन सक्ने जनाइएको छ । यसरी नि:शुल्क पाइने सेवाहरुमा आँखाको पर्दाको जाँच, चस्माको नम्बरको जाँच, जलबिन्दुको जाँच तथा विशेषज्ञ चिकित्सकबाट परामर्श समेत रहेको छ ।
नि:शुल्क सेवा लिनका लागि बानेश्वरको कृष्ण टावरमा रहेको ए एस जी केयरको टोल फ्रि नंबर १६६०० -११४- ०१४ मा सम्पर्क गर्न सकिने छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?