सोसाइटी अफ सर्जन्स नेपालमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा डा कंसाकार
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल शल्य चिकित्सक समाज सोसाइटी अफ सर्जन्स नेपाल मा नयाँ कार्यसमिति चयन भएको छ।
समाजको १५औं अन्तराष्ट्रिय सम्मेलनका अवसरमा भएको अधिवेशनबाट डा रोमियो कंसाकारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
समाजको निवर्तमान अध्यक्षमा डा सुनिल कुमार शर्मा, वरिष्ठ उपाध्यक्षमा रोविन जोशी, उपाध्यक्षमा डा विकल घिमिरे, महासचिवमा डा शैल रुपाखेती, चयन भएका छन्। यसैगरी कोषाध्यक्षमा डा सुमिता प्रधान, सहसचिवमा डा अनिप जोशी र सहकोषाध्यक्षमा डा रोशन घिमिरे चयन भएका छन्।
यसैगरी कार्यसमिति सदस्यहरुमा डा रुपेश मुखिया, डा प्रनिल राई, डा टंक प्रसाद बोहरा, डा सुशील ढुंगेल र डा उत्सव मान श्रेष्ठ चयन भएका छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य