काठमाडौं महानगरभित्र प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरपालिका भित्र प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थ बिक्री वितरणलाई पूर्ण रुपमा निषेध गरिने भएको छ। मंगलबार महानगरको स्वास्थ्य विभागले सार्वजनिक सूचना जारी गर्दै १५ दिनपछि यो व्यवस्था लागू हुने जनाएको छ ।
उक्त सार्वजनिक सूचनामा पहिलाे चरणमा प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सूर्तीजन्य पदार्थको बिक्री र प्रयोगमा रोक लगाउने उल्लेख छ ।
कसैले अटेरी गरी बिक्री गरेको पाइएमा प्रहरीले सामान जफत तथा यसका साथै यस्ता वस्तुको बिक्री वितरण गर्ने व्यवसायीलाई कानुन अनुसार अधिकतम सजाय दिइने पनि महानगरले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। यसैगरी सार्वजनिक स्थानमा गरिने धूमपानलाई पनि पूर्ण रुपमा प्रतिवन्ध लगाइने बताइएको छ ।
प्लाष्टिकमा प्याक गरिएको गुट्खा, पानपराग, सुर्ती, खैनी लगायतका सुर्तीजन्य पदार्थले स्वास्थ्यमा असर गर्ने मात्र नभएर प्लाष्ष्टिकका ढल जाम हुने तथा शहरको सुन्दरतामा समेत असर पार्ने हुँदा यसलाई सबै मिलेर रोक्न आवश्यक रहेको सूचनामा उल्लेख छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ आएको भए पनि यसको सम्पूर्ण रुपमा कार्यान्वयन नभएको भन्दै अब भने यो कानून कार्यान्वयनमा महानगर कडा भएर उत्रिने समेत जनाइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण