एनएमए नेशनल हेल्थ समिट मंसीर १० र ११ मा हुने
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन यही मंसीर १० र ११ मा हुने भएको छ ।
‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्धन : अवसर र चुनौती’ भन्ने मूल नाराका साथ उक्त सम्मेलन गर्न लागिएको हो । उक्त सम्मेलन यसअघि असोज १२ र १३ मा हुने भनि घोषणा गरिएको भए पनि चिकित्सक तथा स्वास्थ्यकर्मी माथिको कुटपिट घटनाका कारण चिकित्सक एवम स्वास्थ्यकर्मी आन्दोलनमा रहेकाले स्थगित गरिएको थियो । सोही सम्मेलन यही मंसीर १० र ११ मा काठमाडौंको कार्की ब्याङ्क्वेटमा गर्न लागिएको संघले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले गर्ने जनाइएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा स्वास्थ्यका विभिन्न विषयमा प्रस्तुतीहरु रहने छन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?