Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

एन्टीबायोटिकको दुरुपयोगले उपचारमा जटिलता बढाउँदै

एन्टीबायोटिकको दुरुपयोगले उपचारमा जटिलता बढाउँदै

हेल्थ टिभी अनलाइन : औषधी त्यसमा पनि एन्टीबायोटिकको दुरुपयोगले संक्रमणको जोखिम बढेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । आफूखुशी औषधी खाने चलनले बिरामीको निको हुने दरमा जोखिम आएको उनीहरुको भनाई छ । जथाभावी प्रयोग हुने औषधीको दुरुपयोगलाई रोक्न वान हेल्थ अप्रोच अपनाउन उनीहरुको सल्लाह छ । यो कुरा उठान भएको हो गत सोमबार भर्चुअल रुपमा आयोजना गरिएको तेस्रो ग्लोबल मिडिया फोरममा । जहाँ विभिन्न संस्थामा एन्टीमाइक्रोबियल रेसिस्टेन्समा काम गर्ने विज्ञहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम सीएनएस र ग्लोबल एएमआर मिडिया अलायन्स को संयुक्त आयोजनामा भएको हो ।

एन्टीमाइक्रोबियल रेसिस्टेन्स केहि वर्षदेखि विश्वव्यापी जनस्वास्थ्य चुनौतीको रुपमा देखा परेको छ। यस जटिल समस्याले गर्दा हाल उपलब्ध एन्टीबायोटिक औषधिहरुको प्रभावकारीता कम हुँदै गएर बिरामीको संक्रमण झन जटिल बन्दै गएको पाइन्छ । पछिल्लो समय ब्याक्टेरियाविरुद्ध लड्ने एन्टिबायोटिकको क्षमतामा ह्रास आइरहेको छ। यसलाई मेडिकल भाषामा ‘एन्टिबायोटिक रेसिस्टेन्स’ भनिन्छ । यसो हुँदा औषधिले काम नगर्ने, गरे पनि धेरै समय लाग्ने, र कहिलेकाहीं बिरामीको मृत्यु समेत हुने गर्छ ।

जति धेरै एन्टीबायोटिकको प्रयोग गर्दै गयो यसको प्रयोगबाट ब्याक्टेरियाहरूले आफूलाई रोगप्रति लड्न सक्ने क्षमता विकास गर्छन् । त्यसैले यसको आफुखुशी प्रयोग गर्नै मिल्दैन । जुन रोगमा औषधि प्रयोग गर्दा पहिला सजिलै निको हुन्थ्यो तर पछि नहुने अवस्था रेसिस्टेन्स भनिन्छ र त्यो क्रम अहिले बढ्दै गएको विज्ञहरुको भनाई छ ।

विश्व स्वास्थ्य संगठन जेनेभाका एएमआर अवेरनेस, एडभोकेसी एण्ड क्याम्पियन विभागका प्रमुख थोमस जोसेफले अब पनि एन्टीबायोटिकको दुरुपयोग रोक्न सबै नलाग्ने हो भने स सानो संक्रमणबाट ज्यान गुमाउनुपर्ने अवस्था आउनसक्ने बताए । उनले यसका लागि मल्टी अप्रोच प्रयोग गरेर जान पर्नेमा जोड दिए ।

वेभिनारमा युगान्डाकी वातावरणमन्त्री बेट्रिस अटिमले एएमआर रेसिस्टेन्समा काम गर्न नेतृत्वको भूमिका महत्वपूर्ण हुने भन्दै निर्णयकर्ताहरुले अब एक्सन बनाएन अघि बढ्नपर्ने बताइन् । उनले वर्षेनी ५० लाख मृत्यु एएमआर सम्बन्धित हुनु सानो संख्या नभएको भन्दै यसबारे चिन्तित भएर कार्ययोजना अघि बढाउनुपर्ने र यसमा पनि कम आय भएका देशमा यो समस्या बढी भएकाले उनीहरु बढी सचेत हुनुपर्ने बताइन् ।

जेभियर युगेरस जो विश्व स्वास्थ्य संगठनका एएमआर तथा भेटनरी विभागका प्रमुख समेत हुन्, उनले भनेका छन्, ‘एन्टीमाइक्रोबियल रेसिस्टेन्सको समस्या मानव जातीसँग मात्र जोडिएका छैन् यो पशुपंक्षी, जनावर तथा बोटबिरुवासँग पनि जोडिएको हुन्छ । त्यसैले यसको समाधानका लागि यी सबैको सम्बोधन गर्दै वान हेल्थ अप्रोचमा जानुपर्छ ।’

वेभिनारमा एन्टीमाइत्रोबियल रेसिस्टेन्सको समस्याबाट गुज्रिएकी भेनेसाले आफनो उपचार अनुभव सुनााएकी थिइन्, उनले आफनो २५ वर्षको उमेरमा साउथ अफ्रिकाको जोहानसवर्गमा सडक दुर्घटना भएर सिरियस भएको र त्यही क्रममा मल्टिपल सर्जरी तथा उपचारका क्रममा आफू एन्टीमाइक्रोबियल रेसिस्टेन्सको शिकार भएको सुनाएकी थिइन्। उनले यसकै कारण आफू झण्डै १० वर्ष उपचारमा रहेर बल्ल बल्ल उपचारपछि बोल्न सक्ने भएको बताइन् । उनले आफू अझै पनि पूर्ण रुपमा निको नभएको आफनो कहालीलाग्दो अनुभव सुनाएकी थिइन । भेनेसाले आफु जस्तै अरु एएमआर सर्भाइभर पनि खुलेर बाहिर आएमा धेरैलाई यसबारेमा जानकारी हुने र यसको दुरुपयोग कम हुनसक्नेमा जोड दिइन ।

कार्यक्रममा अन्य वक्ताहरुले पनि एन्टीमाइक्रोबियल रेसिस्टेन्स अहिलको ठूलो समस्या भएको भन्दै यसबारे जनचेतना जगाउन तथा सबैलाई बुझ्ने गरी सूचनाहरु प्रवाह गर्न जरुरी रहेकोमा जोड दिएका थिए ।

कार्यक्रम विश्व एन्टीमाइक्रोबियल सचेतना सप्ताह मनाउने पूर्व सन्ध्या पारेर आयोजना गरिएको हो । हरेक वर्ष नोभेम्बरको १८ देखि २४ सम्म विश्व एन्टीमाइक्रोबियल सचेतना सप्ताह मनाउने गरिन्छ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार