राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा भट्ट
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकको जिम्मेवारी हेरफर गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले प्रयोगशालाको निर्देशकमा ११ औां तहका डा रन्जन राज भट्टलाई नियुक्त गरेका छन् । यसअघि डा रुणा झा निर्देशक थिइन्। उनी पनि ११ औं तहकै हुन् । डा झाको जिम्मेवारी मात्र हेरफेर गरेर उनलाई सोही स्थानमै राखिएको छ ।
यसैगरी मन्त्री बस्नेतले स्वास्थ्य सेवा विभाग टेकुमा कार्यरत अधिकृत दशौं तहका उपेन्द्र ढुंगानालाई स्वास्थ्य मन्त्रालयमा रहेको स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाईमा ल्याएका छन्। ढुंगानालाई जाजरकोट केन्द्रित भूकम्पबाट सिर्जित विपद व्यवस्थापनमा सहजीकरण गर्ने गरी इकाईमा ल्याइएको मन्त्री बस्नेतको सचिवालयले जनाएको छ। यसैगरी भरतपुर अस्पतालका प्रमुख मेसुमा डा श्रीराम तिवारीलाई नियुक्त गरिएको छ । उता कान्ति बाल अस्पतालकी ११ औं तहकी नर्स रोशनी तुईतुईलाई टेकु अस्पतालमा सरुवा गरिएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य