दिल्लीमा उच्च वायु प्रदूषणका कारण विद्यालय बन्द
हेल्थ टिभी अनलाइन : वायु प्रदूषणको स्तर बढ्दै गएपछि भारतको राजधानी नयाँ दिल्लीमा प्राथमिक विद्यालय केही समयका लागि बन्द गरिएको छ ।
प्रदूषणबाट बालबालिकाहरु प्रभावित हुने भएपछि आइतबारदेखि १० नोभेम्बरसम्म दिल्लीका सबै प्राथमिक विद्यालयहरु बन्द गरिएको हो। यसैगरी कक्षा ६ देखि १२ कक्षासम्मको पढाइ अनलाइन माध्यमबाट हुने पनि बताइएको छ ।
भारतीय मिडियाहरुका अनुसार दिल्लीको वायु प्रदूषण अति गम्भीर स्तरमा पुगेको छ । दिल्लीमा समग्र वायु गुणस्तर सूचकांक एक्युआई आइतबार ४८२ मा रेकर्ड गरिएको थियो । जुन गम्भीर श्रेणी हो । ५ नोभेम्बर आइतबार बिहान ७ बजेको रेकर्ड अनुसार दिल्लीका वजिपुर, शादीपुर, द्वारका, पन्जाबी बाग, मुंडका, लोधी रोड, ओखला लगायतका क्षेत्रमा वायु प्रदूषणको स्तर उच्च श्रेणीमा पुगेको छ ।
दिल्लीमा यो बेला हरेक वर्ष प्रदूषण उच्च स्तरमा पुग्ने गरेको छ । जसले गर्दा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ । दिल्ली विश्वमै उच्च वायु प्रदूषित शहरमध्ये पर्छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?