डब्लुएचओको क्षेत्रीय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित
हेल्थ टिभी अनलाइन : विश्व स्वास्थ्य संगठन डब्लूएचओको दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशकमा बंगलादेशका प्रधानमन्त्रीकी छोरी समेत रहेकी साइमा वाजेद विजयी भएकी छिन्। उनका प्रतिस्पर्धी नेपालका डा शम्भु आचार्य पराजित भएका छन्।
वाजिदले १० मध्ये ८ भोट पाउँदै निर्देशकमा चयन भएकी हुन्। नेपालका उम्मेदवार आचार्यले १० मध्ये २ भोट मात्र पाए। भारतको नयाँदिल्लीमा भएको क्षेत्रीय सभा अन्तर्गत बुधबार सम्पन्न निर्वाचनमा म्यानमार बाहेक १० देशका प्रतिनिधि सहभागी भएका थिए।
नयाँ निर्देशक वाजिदको मनोनयनलाई आउँदो जनवरीमा हुने विश्व स्वास्थ्य संगठनको महासभाले अनुमोदन गर्नेछ। उनको कार्यकाल ५ वर्षको हुनेछ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?