स्तन क्यान्सरबारे सचेतना जगाउन दीप प्रज्वलन (फोटोफिचर)
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले स्तन क्यान्सरबारे सचेतना जगाउन ‘पिंक क्यान्डल लाइट इभेन्ट’ दीप प्रज्वलनको आयोजना गरेको छ ।

अस्पतालले उपचारका लागि सहयोगी हातहरु तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपको समेत सहयोगमा उक्त दीप प्रज्वलन कार्यक्रम गरेको हो । ‘आशाको लागि ज्योति’ नारासहित सबैले गुलाबी कलरको ड्रेस लगाएर गुलाबी नै मैनबत्ती बालेका थिए ।

कार्यक्रममा अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठ लगायतका चिकित्सक, स्तन क्यान्सर सर्भाइभर, कर्मचारी लगायतको उपस्थिती थियो । अक्टोबर महिनालाई स्तन क्यान्सरबारे सचेतना महिनाको रुपमा लिई विभिन्न कार्यक्रम गर्ने गरिन्छ । सोही अनुरुप अस्पताल प्रांगणमा मंगलबार दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।







किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण