उत्तरी गाजामा इजरेलद्वारा निरन्तर बम हमला, अस्पतालमा सयौं बिरामी अलपत्र
हेल्थ टिभी अनलाइन : उत्तरी गाजास्थित अस्पतालमा सयौँ बिरामीहरू फसेका र उनीहरू शारीरिक रूपमा दक्षिणतिर जान सक्षम नभएको प्यालेस्टिनी शरणार्थीहरूको मामिला हेर्ने संयुक्त राष्ट्रसङ्घीय निकायका प्रमुखले बताएका छन्।
इजरेलले उत्तरी गाजामा निरन्तर बम आक्रमण गरिरहेको छ। प्यालेस्टिनी रेड क्रेसन्टका अनुसार गाजा सिटीस्थित कुद्स अस्पताल क्षेत्रवरिपरि शृङ्खलाबद्ध आक्रमण भइरहेको छ।
इजरेली सेनाले आइतवार अस्पताल खाली गर्न निर्देशन दिएको थियो। तर अस्पतालका कर्मचारीहरूले त्यहाँबाट सघन उपचार कक्षमा भएका बिरामीहरूलाई अन्यत्र लैजान सम्भव नभएको बताएका छन्। त्यहाँ शिशुहरूसहित सयौँ बिरामीको उपचार भइरहेको छ र अस्पताल परिसरमा झन्डै १४,००० गैरसैनिक नागरिकहरूले शरण लिइरहेको पनि बताइएको छ। यूएनआरडब्ल्यूएका टम ह्वाइटका अनुसार चिकित्सक र अन्य सहायता संस्थाहरूले उत्तरी गाजास्थित अल(कुद्सजस्ता अस्पतालबाट बिरामीलाई अन्यत्र लैजान नसिकने बताएका छन्।
उत्तरमा धेरै मानिसहरूले यूएनआरडब्ल्यूएका विद्यालयहरूमा आश्रय लिएका छन्, । उनीहरूले अस्पतालमा आश्रय लिएका छन्,ू ह्वाइटले भने। उनका अनुसार अस्पतालमा ठाउँ सार्न नसकिने अवस्थाका सयौँ बिरामीहरू छन्।
उत्तरी गाजामा सवारीसाधन र अरू उपाय नभएकाले धेरै मानिसहरू अन्यत्र जान सक्ने अवस्थामा छैनन्। ह्वाइटका अनुसार मानिसहरू निकै भोकाएका, तिर्खाएका र डराएका छन्।
बीबीसीबाट:





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’