अमेरिकामा बन्दुकधारीद्वारा आक्रमण, १६ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन : संयुक्त राज्य अमेरिकाको मेइन राज्यस्थित लुविस्टन सहरमा एक बन्दुकधारीको आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको खबर आएको त्यहाँको प्रहरीले जनाएको छ। अन्य केही व्यक्ति घाइते भएको बताइएको छ ।
उक्त बन्दुकधारी अझै पनि खुला रूपमा हिँडिरहेकाले त्यहाँका बासिन्दासँगै नजिकैको लिज्बन सहरका बासिन्दालाई पनि सुरक्षित स्थानमा रहन भनिएको छ।
प्रहरीले उक्त व्यक्ति ४० वर्षे रोबर्ट कार्ड हुन सक्ने भनी खोजी सुरु गरेको छ। राष्ट्रपति जो बाइडनलाई पनि उक्त घटनाबारे सूचित गरिएको र उनले यसबारे निरन्तर जानकारी लिने उनको कार्यालय ह्वाइट हाउसले जनाएको छ।
अधिकारीहरूले मृतकको सङ्ख्या यकिन नगरे पनि बीबीसीको अमेरिकी साझेदार सीबीएसले केही अधिकारीहरूसँग कुरा गरी कम्तीमा १६ को मृत्यु भएको जनाएको छ।
बीबीसीबाट :




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य