उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘माइल्ड हार्ट अट्याक’
हेल्थ टिभी अनलाइन \काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई माइल्ड खालको हार्ट अट्याक भएको छ । बीआरआई शिखर सम्मेलनमा भाग लिन चीन पुगेका उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई बुधबार माइल्ड खालको हार्ट अट्याक भएको बताइएको छ ।
छातीमा दुखाई भएपछि श्रेष्ठ बेइजिङस्थित अस्पतालमा भर्ना भएका थिए। परीक्षणका क्रममा उनलाई माइल्ड हार्टअट्याक भएको पत्ता लागेको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
अहिले उनी खतरामुक्त रहेको र केही समय अस्पतालमै रहने पनि बताइएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?