सासुलाई बुहारीले दिइन् आफ्नो कलेजो
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंकी ६२ वर्षीया सासुलाई ३७ वर्षीया बुहारीले आफनो कलेजो दान दिएर बचाएकी छिन् । भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उनको केलेजो प्रत्यारोपण भएको हो ।
यो सँगै राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको संख्या १४ पुगेको छ । प्रत्यारोपण विशेषज्ञ एवं प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अहिले अंग दिने र लिने दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । स्मरण रहोस् नेपालमा अंगदानमा महिला नै अघि रहेका छन् । पुरुषलाई अंग दिन महिला अघि सरे पनि पुरुषहरु महिलालाई अंग दिनका लागि सधैं पछि गर्ने गरेको तथ्यांकले देखाउँछ ।
देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सेवाको शुरुवात गरेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र केलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको छ । संसारमै सबै भन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा स्वदेशी चिकित्सकको दक्षता वृद्धि हुँदै न्यूनतम शुल्क रु १५ लाखमा हुने गरेको छ ।
केन्द्रमा २०७३ मङसिर २२ गते दक्षिण कोरियाको सामसुङ्ग मेडिकल सेन्टरका चिकित्सकहरुको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो । त्यस पश्चात छिमेकी राष्ट्र भारतको विशेषज्ञ चिकित्सकहरुको सहयोगमा निरन्तरता पाउँदै आएको र पछिल्लो ३ कलेजो प्रत्यारोपण केन्द्रले एक जना मात्र भारतीय चिकित्सकको प्राविधिक सहयोगमा गरी रहेको कुरा प्रत्यारोपण विज्ञ डा श्रेष्ठले बताए । यही असोज २६ गते शुक्रवारका दिन भएको पछिल्लो कलेजो प्रत्यारोपणमा भारतको लेकसोर अस्पतालका डा. शिल्भा कुमार नागानाथमले सघाएका थिए ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य