एकै व्यक्तिको एकसाथ मिर्गौला र कलेजो प्रत्यारोपण
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको इमाडोलमा रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले एकै व्यक्तिको कलेजो र मिर्गौला एकैसाथ प्रत्यारोपण गरेको छ। अस्पतालले यही असोज २२ गते सोमबार नेपालमै पहिलोपटक यस्तो खालको शल्यक्रिया एकैपटक गरिएको जनाएको छ ।
कलेजो तथा मिर्गौला ग्रहण गर्ने व्यक्ति भरतपुर, चितवन निवासी ३४ वर्षीया महिला हुन्। उनलाई आफ्नै ३५ वर्षीय श्रीमानले कलेजो दान गरेका थिए भने ३२ वर्षीया भाउजुले मिर्गौला दान गरेकी थिइन्। उनको शल्यक्रियामा १८ घण्टा लागेको थियो ।
उक्त शल्यक्रिया सम्पन्न गर्न भारतको अपोलो अस्पतालका चिफ ट्रान्सप्लान्ट सर्जन डा निरभ गोयल, सिनियर ट्रान्सप्लान्ट सर्जन डा अरुणकुमार भेनुथुरिमिल्ली र चिफ ट्रान्सप्लान्ट एनेस्थेसियोलोजिस्ट डा सञ्जीव अनेजाको सहभागिता रहेको थियो।
किष्ट अस्पतालका तर्फबाट वरिष्ठ शल्य चिकित्सक प्राडा मुकुन्दराज जोशीको नेतृत्वमा नेपाल सरकारबाट लाइसेन्स प्राप्त लिभर ट्रान्सप्लान्ट सर्जन डा एकानन्द सिंह, लिभर ट्रान्सप्लान्ट हेपाटोलोजिस्ट डा वरुण श्रेष्ठ, मिर्गौला ट्रान्सप्लान्ट सर्जन डा नारायण भुसाल, मिर्गौला ट्रान्सप्लान्ट नेफ्रोलोजिस्ट डा सन्तोष क्षेत्री र डा कश्यप दाहाल लगायत अन्य वरिष्ठ चिकित्सकहरुको सहभागिता रहेको अस्पतालले जनाएको छ।
यो दुर्लभ रोगको पहिचान किष्ट अस्पतालमा नै भएको थियो। यस्तो जटिल अवस्थाको बिरामीलाई प्रत्यारोपण गर्नुअघि विस्तृत स्वास्थ्य परीक्षण तथा शरीरमा कलेजोले पैदा गरिरहेको टक्सिक केमिकलको प्रभाव कम गरी शल्यक्रियाका लागि तयारी गर्न करिब ६ महिना लागेको अस्पतालले जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?