इजरायलमा मृत्यु भएका १० नेपालीको शोकमा मंगलबार राष्ट्रिय शोकको घोषणा
ज्यान गुमाएकाको परिवारलाई १० \१० लाख राहत दिने निर्णय
हेल्थ टिभी अनलाइन \काठमाडौं : इजरायलमा मृत्यु भएका नेपालीको शोकमा सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ ।
सोमबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को विशेष बैठकले राष्ट्रिय शोकको निर्णय गरेको हो।
यसैगरी बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १० \१० लाख राहत दिने निर्णय पनि गरेको छ ।
शनिबारबाट सुरु भएको हमास समूहको आक्रमणमा परेर हालसम्म १० जना नेपालीसहित सयौंको संख्यामा मानिसहरुले ज्यान गुमाइसकेका छन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?