इजरायलमा नेपाली विद्यार्थी पनि घाइते, उपचार, उद्धार र सुरक्षाका लागि समन्वय
हेल्थ टिभी अनलाइन : प्यालेस्टिनी हमला र त्यसको प्रतिउत्तरमा इजरेलले गरिरहेको कारबाहीका क्रममा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकसमेत घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
शनिवार बिहानैदेखि इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी छ। सुरुमा हमासले इजरेलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको हो।
त्यस क्रममा हालसम्म हमासको आक्रमणमा ३०० जना भन्दा बढी मारिएको इजरेलले जनाएको छ। त्यस्तै गाजामा २३० भन्दा बढीको मृत्यु भएको छ।
इजरेलस्थित नेपाली दूतावासले “केही नेपालीहरू घाइते भएको खबर आएको र त्यसबारे थप जानकारी सङ्कलन भइरहेको” बीबीसीलाई बताएको छ।
शनिवार साँझ एउटा वक्तव्य जारी गर्दै परराष्ट्र मन्त्रालयले १४ जना नेपालीहरू कार्यरत रहेको कृषि फर्म पनि आक्रमणमा परेको जनाएको छ।
मन्त्रालयका अनुसार आक्रमणमा परेर ९ जना नेपालीहरू घाइते भएका छन् त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ।
तेल अभिभमा रहेको नेपाली दूतावास आक्रमणमा परेका क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग नजिकको सम्पर्कमा रहेको बताइएको मन्त्रालयले जनाएको।
“घाइतेहरूको औषधोपचार, उद्धार र सुरक्षाका लागि नेपाली दूतावासले इजरेली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको छ,” मन्त्रालयले वक्तव्यमा भनेको छ।
सरकारले इजरेलमा रहेका नेपालीहरूलाई सजग रहन र प्रशासनबाट प्राप्त सुरक्षा सावधानीहरू अपनाउन भनेको छ।
इजरेलमा नेपालीहरू घाइते भएको विवरण आएपछि परराष्ट्रमन्त्री एनपी साउदले शनिवार मन्त्रालयका उच्च अधिकारीसँग छलफल गरी आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएका थिए।
मन्त्रालयले वक्तव्यमा इजरेलमा भएको हमलाको निन्दा पनि गरेको छ।यसअघि इजरेलस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता अर्जुन घिमिरेले “नेपालीहरू कार्यरत एउटा कृषि फर्ममा पनि आक्रमण भएको र त्यस क्रममा नौ जना नेपाली घाइते भएको” विवरण आएको तर त्यसलाई दूतावासले आधिकारिक रूपमा पुष्टि गर्न बाँकी रहेको बताएका थिए।
उनले भनेका थिए, “स्थिति अझै सामान्य नभएकाले यकिन कुरा आइसकेको छैन।”
कतिपय सञ्चारमाध्यमले केही नेपालीलाई हमासले बन्धक बनाएको पनि लेखेका थिए।
यद्यपि गैर आवासीय नेपाली सङ्घ इजरेलका अध्यक्ष श्रीकृष्ण भण्डारीले ूबन्धक भने कोही पनि नभएको बुझिएकोू बीबीसीलाई बताए।
उनले भने, ूत्यो फर्म रहेको क्षेत्र अहिले पनि तनावग्रस्त भएकाले इजरेली सेनाले फोन उठाउन पनि दिएको छैन त्यसैले कसैसँग पनि राम्ररी कुरा हुन सकिरहेको छैन। तर धेरै साथीहरू बङ्करमा सुरक्षित रूपमा बस्नु भएको छ भनेर त्यहाँबाट मेरो सम्पर्कमा आएका चार जना साथीहरूले भन्नुभएको थियो।
बीबीसीबाट:





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’