न्युरो फाउन्डेसनले मनायो मस्तिष्क पक्षघात दिवस
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंमा विश्व मस्तिष्क पक्षघात (सेरेब्रल पाल्सी) दिवस मनाइएको छ । न्युरो फाउन्डेसन नेपालले अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युटसँगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम गर्दै विश्व मस्तिष्क पक्षघात दिवस मनाएको हो । कार्यक्रममा अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युटका अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन प्राडा बसन्त पन्तले न्युरोलोजिकल समस्या भएका बालबालिकाको उपचार, शिक्षा तथा पूनस्र्थापनामा ध्यान दिन सके उनीहरुले पनि अन्य व्यक्ति सरह गुणस्तरीय जीवन जीउन सक्ने भन्दै उनीहरुलाई घर परिवार, राज्य सबै मिलेर सहयोग गर्नुपर्ने बताए । उनले आफूले उपचार गरेका कयौं मस्तिष्क पक्षघात भएका बालबालिका समाजमा पूर्नस्थापना भएर आफनो पढाई तथा काम गरिरहेको समेत जिकीर गरे ।
यसैगरी कार्यक्रममा बोल्दै विगत १५ वर्षदेखि अटिजम भएका बालबािलकाको लागि काम गर्दै आएकी एसएसडीआरसीकी अध्यक्ष सविता उप्रेतीले अपांगता भएका बालबािलकालाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको जिकीर गरिन्। उनले आफूले सुरुमा अटिजम भएका बालबालिकाका लागि काम गर्दा निकै गाह्रो भएको अनुभव सुनाउँदै अपांगता जो कोहीलाई पनि हुनसक्छ भन्ने सबैले सोचेर अपांगता भएका व्यक्तिलाई सोही अनुसार व्यवहार गरिदिए उनीहरुको पूनस्थार्पनामा निकै सहयोगी हुने समेत बताईन्।
यसैगरी स्पाइनल कर्ड इन्जुरी पूनस्थार्पना केन्द्रका निर्देशक डा राजु ढकाल तथा एसओएस बाल ग्रामका निर्देशक डा गंगा बहादुर गुरुङले पनि मस्तिष्क पक्षघात भएका बालबालिकाको उपचार, शिक्षा र पूनस्र्थापना महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा मस्तिष्क पक्षघात भएका स साना बालबालिकाले ह्लिचियरमै बसेर नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा मस्तिष्क पक्षघात भएका बालबालिका, उनीहरुका अभिभावक, डाक्टर तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
हरेक वर्ष अक्टोबर ६ मा विश्व मस्तिष्क पक्षघात जनचेतना दिवस भनेर मनाउने गरिन्छ ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण