नेपाल औषधि उत्पादक संघले असोज २५ मा फर्मा कन्क्लेभ गर्दै
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल औषधि उत्पादक संघले आगामी असोज २५ मा फर्मा कन्क्लेभ -२०२३ गर्ने भएको छ । यस्तो प्रकारको कन्क्लेभ संघले नेपालमा पहिलो पटक गर्न लागेको हो । नेपाली औषधि बजारमा भइहेका विकास तथा अब गर्नुपर्ने सुधारका विषयमा केन्द्रित भएर कन्क्लेभ गर्न लागेको संघले जनाएको छ ।
यसैगरी संघले जारी गरेको विज्ञप्तिमा नेपाली औषधि उद्योग विकासका चुनौती र अवसरहरुको जानकारी र औषधि उद्योगको प्रवर्धन गर्नका लागि भावी रणनीतिहरु तयार गर्ने विषयमा औषधि विज्ञहरुसँग प्रत्यक्ष छलफल गर्दै निस्कर्षमा पुग्ने उद्धेश्य रहेको बताइएको छ । नेपाली औषधि उद्योगको विकासको लागि समयानुसार कस्ता औषधि नीतिहरु बनाउन सकियो भने औषधि बजारलाई सुधार र स्तरोन्नती गर्न सकिन्छ , विश्व बजारको माग अनुसार औषधि उद्योगहरुले कस्ता उत्पादनमा जोड दिने रु नेपालको औषधि उत्पादनको सुरक्षा र प्रभावकारिता कसरी कायम राख्ने भन्ने विषयमा सम्मेलन केन्द्रीत रहन सक्छ,’ एपोनका कार्यालय सचिव गणेश शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
यसैगरी यो सम्मेलनलाई नेपाली औषधि उद्योगका उत्पादक तथा प्रतिनिधि, औषधि व्यवसायी, औषधि अनुसन्धानकर्ता र निर्यात कर्तालाई एकै ठाउँमा ल्याउने अवसर समेत रहेको संघले जनाएको छ ।
कन्क्लेभ काठमाडौंको याक एण्ड यति होटलमा हुँदैछ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?