एमआरसिपिसिएच परीक्षा दिन ११ देशका ४८ जना बालरोग विशेषज्ञ ग्रान्डी अस्पतालमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : मेम्बर अफ रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ एमआरसिपिसिएच यूके को परिक्षा ग्राण्डी इन्टरनेसनल हस्पिटलमा सम्पन्न भएको छ । यस प्रकारको परिक्षा ग्राण्डी इन्टरनेसनल हस्पिटलमा नेपालमै पहिलो पटक २०७९ सालमा शुरु भएको थियो ।
असोज १२ र १३ गते दुई दिन संचालित परिक्षाका लागि आर सी पी सी एच बाट विभिन्न मुलुकका एक्जामिनरहरु नेपाल आएका थिए । नेपाल, भारत, श्रीलंका लगायत बिभिन्न ११ देशका ४८ जना बालरोग बिशेषज्ञहरु परिक्षार्थीका रुपमा सहभागि भएका छन् ।
ग्राण्डी इन्टरनेसनल हस्पिटलका मेडिकल डाइरेक्टर डा बिनोद बिजुक्छेले सम्पूर्ण टिम तथा परीक्षार्थीहरुलाई स्वागत गर्दै रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थले नेपालमा लिने एम आर सि पि सि एच परिक्षाका लागि नेपालमै यस अस्पताललाई मात्र छनौट गरेको र निरन्तरता दिई रहेकोमा धन्यवाद दिए ।
आर सि पि सि एच का सिनियर एक्जामिनर प्राडा चन्देश्वर महासेठले नेपालले यो उपलब्धि हासिल भएसँगै नेपाली चिकित्सा शिक्षा क्षेत्रले ठूलो फड्को मारेको बताए । आर सि पि सि एच का प्रिन्सिपल रिजिनल एक्जामिनर डा मिथलेश लालले ग्राण्डी इन्टरनेसनल हस्पिटलको व्यवस्थापन अब्बल रहेको कारण परिक्षा केन्द्र निरन्तरता दिइएको जानकारी दिए । आर सि पि सि एच का अध्यक्ष डा क्यामिला किंगडन पनि सो परिक्षामा उपस्थित थिए र ग्राण्डी इन्टरनेसनल हस्पिटलको सेवा सुबिधाहरु अन्तर्राष्ट्रिय स्तरको रहेको भन्दै प्रशंसा समेत गर्न भ्याए ।
नेपालको कुल जनसंख्याको ४० प्रतिशत अर्थात एक करोड बिस लाख बालबालिकाको संख्या रहेकाले बालरोगको उपचारका लागि आवश्यक ज्ञान तथा सिप बृद्धिका लागि यो महत्वपूर्ण रहेको उनको भनाई छ । यस परिक्षाका लागि यसअघि बिदेश जानुपर्ने वाध्यता रहेकोमा नेपालमा नै यो परिक्षा संचालन भएसँगै सो बाध्यताको अन्त्य भएको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य