आज विश्व मुटु दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज सेप्टेम्बर २९ अर्थात विश्व मुटु दिवस । मुटुरोगबारे जनचेतना जगाउनका लागि विश्वभर नै यो दिवस मनाउने गरिन्छ ।
नेपालमा पनि विविध कार्यक्रमको आयोजना गर्दै यो दिवस मनाउन लागिएको हो । ‘युज हार्ट फर एभ्री हार्ट’ भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइँदैछ । यसको अर्थ मुटु जोगाउन मनैदेखि लागौं भन्ने रहेको छ ।
खराब जीवनशैली तथा अस्वस्थकर खानपानका कारण मुटुरोग बढिरहेको भन्दै चिकित्सकहरुले यो बानीमा परिवर्तन गर्दै स्वस्थकर जीवनयापन गर्न सल्लाह दिएका छन्। विश्व मुटु महासंघका अनुसार मुटुरोगबाट विश्वभर वर्षेनी झण्डै २ करोड मानिसको मृत्यु हुने गरेको पाइन्छ । जीवनशैली परिवर्तन गरेर ८० प्रतिशत मुटुरोगबाट बच्न सकिने चिकित्सकहरुको भनाई छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?