राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामै २८ जनाको सफल अंग प्रत्यारोपण
हेल्थ टिभी अनलाइन \काठमाडौं : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भाद्र महिनामा २८ जनाको अंग प्रत्यारोपण सम्पन्न भएको छ । सत प्रतिशत सफलताका साथ २७ जनाको मिर्गौला र १ जनाको कलेजो प्रत्यारोपण भाद्रमा सम्पन्न भएको केन्द्रका कार्यकारी निर्देशक एवम मिर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा पुकार चन्द्र श्रेष्ठले बताए । स्थापनाको ११ वर्षमा प्रत्यारोपण केन्द्रमा १ हजार १ सय २७ जनाको मिर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भएको छ ।
केन्द्रले नेपालमै पहिलो पटक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा २०७३ मंसीर २२ गते कलेजो प्रत्यारोपण र २०७४ बैशाख २८ गते पहिलो पटक मस्तिष्क मृत्यू भएका व्यक्तिको मृर्गौला प्रत्यारोपण गरी हाल सम्म पाँच जना मष्तिष्क मृत्यू भएका व्यक्तिबाट १० जनाको मिर्गौला र ३ जनाको कलेजो प्रत्याारोपण गरेको छ भने आपसी साटासाटबाट हाल सम्म ४६ जोडीको मिर्गौला प्रत्यारोपण समेत भइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतकों शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले संस्थाको आफ्नै भवन नभएको अवस्थामा पनि सबै भन्दा धेरै कलेजो र मृर्गौला प्रत्यारोपण गर्नका साथै अंगदान सम्बन्धी व्यापक प्रचार प्रशार गरेको तथा देश भरी प्रत्यारोपण र डायलाइसिस सेवा विस्तार गर्न प्रयासरत रहेको छ । गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र साथै कर्णाली प्रदेशको सुर्खेत प्रादेशीक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भै सकेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण