स्लाभिका आइभीएफको नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्लाभिका आइभीएफ तथा रिसर्च सेन्टरको आयोजनामा सिनामंगलमा रहेको सिद्धिबिनायक मन्दिर परिसरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत स्लाभिकाले उक्त शिविरको आयोजना गरेको हो ।
जनरल रोगहरूसँगै स्त्रीसँग सम्बन्धित रोग तथा उपचारका लागि सञ्चालित उक्त शिविरमा १४० जनाले सेवा लिएको आयोजक टिमकी डा निलम ठाकुरले जानकारी दिइन् । उनले तीमध्ये ११० जना स्त्रीरोगसँग सम्बन्धित बिरामी आएको समेत जानकारी दिइन् । उक्त शिविरमा सिद्धिबिनायक मन्दिर समितिसँग सहकार्य गरेर गरिएको थियो ।
शिविरमा डा उर्मिला कार्की, डा निलम ठाकुर कुँवर ,डा निकिता ढकाल, डा सन्तोष कुमार, डा सम्झना फुयाँल लगायतले बिरामी जाँच गरेका थिए । स्लाभिकाले यस प्रकारको निशुल्क शिविर आगामी दिनमा पनि गर्ने जनाएको छ ।






नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?