डाक्टर कुटपिटको विरोधमा प्रदर्शन (फोटोफिचर)
हेल्थ टिभी अनलाइन \काठमाडौं : डाक्टरमाथि एकपछि अर्को गर्दै भइरहेको कुटपिटको घटनालाई लिएर डाक्टरहरु आन्दोलनमा उत्रिएका छन्।
त्रिवि शिक्षण अस्पताल महाराजगंजका आवासीय डाक्टरहरु आज माइतीघरमा प्रदर्शनमा उत्रिएका हुन्। उनीहरुलाई अन्य अस्पतालमा काम गर्ने डाक्टर तथा स्वास्थ्यकर्मीले पनि साथ दिएका थिए ।
उनीहरुले पछिल्लो समय लगातार उपचारमा खटिएका डाक्टर तथा स्वास्थ्यकर्मीमाथि सुनियोजित ढंगबाट आक्रमण भइरहेको भन्दै आफूहरु आन्दोलनमा उत्रिएको बताएका छन्। डाक्टरले गलत उपचार गरेर गल्ती गरेमा नेपाल मेडिकल काउन्सिलले कारबाही गर्ने बाटो हुँदाहुँदै डाक्टरमाथि हातपात गर्नु दुःखद भएको उनीहरुको भनाई छ ।

विभिन्न प्ले कार्ड बोकेर निस्किएका उनीहरुले अस्पतालमा सुरक्षित भएर काम गर्ने वातावरण बनाउन र दोषीलाई कारवाही गर्न माग गरेका छन्। हिजो मात्र पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि कुटपिट भएको थियो भने यसअघि विभिन्न जिल्लामा डाक्टर कुटपिटका घटना आइरहेका छन्।







किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण