विश्व फर्मासिस्ट दिवस मनाइयो
हेल्थ टिभी अनलाइन \काठमाडौं : सोमबार नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले एक कार्यक्रम गर्दै विश्व फर्मासिस्ट दिवस मनाएको छ ।
विश्व फर्मासिस्ट दिवसको अवसरमा अस्पतालमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा अस्पतालका फार्मेसी म्यानेजर पंकज वैद्यले फर्मासिस्टको भूमिकाकोबारेमा प्रस्तुती दिएका थिए । यसैगरी कार्यक्रममा अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ, मेडिकल निर्देशक डा विजेशराज घिमिरे लगायतले मन्तब्य राखेका थिए ।
हरेक वर्ष २५ सेप्टेम्बरमा यो दिवस विश्वभर मनाउने गरिएको छ ।यसपटकको विश्व फर्मासिस्ट दिवसको नारा फार्मेसीले स्वास्थ्य प्रणालीलाई बलियो बनाउँछ भन्ने रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?